Play

स्टेप बाई स्टेप मा.विमा नेपाली वक्तृत्वकला प्रतियोगिता

गुरुकुल खबर


पोखरा , स्टेप बाई स्टेप मा.वि. मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थी बिच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा विद्यालयका सहप्राचार्य दिपक गिरीले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता कार्यक्रममा भाग लिएर व्यक्तित्व विकास गर्न हौसला दिए र साथै विद्यार्थी जीवनमा सिकेका वक्तृत्वकला जस्ता कुरा जीवनभर काम लाग्ने भएकाले भाग लिएर अगाडि बढ्न अनुरोध गरे।

प्रतियोगितामा रोश्नी पाठक प्रथम , सुदर्शन वराल दितीय, प्रकृती शर्मा तृतीय तथा प्राप्ती अधिकारी र अनमोल खडका सान्त्वना हुन सफल भएका थिए ।

विद्यालयका को–ओरडिनेटर सूर्यप्रसाद लम्साल र लक्ष्मण भण्डारीले मूल्याङ्कन गरेको कार्यक्रमको सञ्चालन विज्ञान विभाग प्रमुख युवराज लामिछानेले गरेको थिए ।

१८ कार्तिक २०७९, शुक्रबार १६:१५ मा प्रकाशित
Nabintech