Play

कांग्रेस महामन्त्री गगन थापाको चुनावी गीत ‘हाई हाई गगन दाई’ सार्वजनिक- गितको भिडियो सहित

गुरुकुल खबर


काठमाडौं– आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ ।

बुधाबार ‘हाई हाई गगन दाई’ बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका सङ्घर्षको चर्चा गरिएको छ ।

यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका कामहरू चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको ‘प्रोजेक्ट गभर्मेन्ट’को यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

गीतमा देशलाई नयाँ जीवन दिन सक्ने पात्रको रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा गगनलाई प्रधानमन्त्री बनाइनु पर्ने भाव व्यक्त छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विषम आचार्यले गरेका हुन् ।

विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्द अनुसारका फुटेज राखिएका छन् ।

१७ कार्तिक २०७९, बिहीबार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा