Play

शान्ति समाज पोखराको अध्यक्षमा पितम रआमा समुहको अध्यक्षमा तारा चयन

गुरुकुल खबर


पोखरा,  शान्ति समाज  बुद्धचोक  पोखराले डब्लुटुओ पितमबहादुर गुरुङको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा क्या. ईन्द्रबहादुर गुरुङ, तृतिय उपाध्यक्षमा चौ बहादुर गुरुङ, सचिवमा कृष्णप्रसाद गुरुङ र सह सचिव रीता गुरुङ रहेका छन् । कोषाध्यक्षमा सु् नन्दलाल गुरुङ र सह कोषाध्यक्षमा नविनकुमार गुरुङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा दलबहादुर गुरुङ, आसबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ,  हुमबहादुर गुरुङ (युके), विष्णुबहादुर गुरुङ (काठमाण्डौं), जसबहादुर गुरुङ, गुमानसिं गुरुङ रहेका छन् ।

सल्लाहकारमा जितबहादुर गुरुङ, क्या.कुमानसिंह गुरुङ, क्या.यामबहादुर गुरुङ , मेजर तोयबहादुर चन्द रहेका छन् ।

यसैगरी शान्ति समाज आमा समुहको अध्यक्षमा तारा गुरुङलाई चयन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा  डिलमाया गुरुङ, सचिवमा धनमाया गुरुङ, सह सचिवमा पदमकुमारी गुरुङ, कोषाध्यक्षमा  बुद्दिमाया  गुरुङ, सह कोषाध्यक्षमा पूर्णिमा  गुरुङ रहेका छन् ।

सदस्यहरुमा कन्याकुमारी गुरुङ, नन्दकुमारी गुरुङ, श्यामकुमारी गुरुङ, दिनमाया गुरुङ, आसकुमारी गुरुङ, सुनिता गुरुङ, कुमारी गुरुङ र सल्लाहकारमा कौमाया गुरुङ रहेका छन् ।

नवमनोनित अध्यक्ष डब्लुओटु पितमबहादुर गुरुङले सबैको सहयोग, समन्वय र सहभागिताले मात्र संस्था व्यवस्थित रुपमा संचालन गर्न सहज हुने बताउदै सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रम समाजसेवी क्या. ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

२ कार्तिक २०७९, बुधबार २३:५२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा