Play

उद्योगी व्यवसायीद्धारा बैंकले कर्जामा बढाएको ब्याजदरको चर्को विरोध

गुरुकुल खबर


पोखरा । पोखराका उद्योगी व्यवसायीहरुले बैंकले एकाएक कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन् । उनीहरुले ब्याजदर नघटाइ पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी पनि दिएका छन् ।
पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद्सहित १३ वटा व्यावसायिक संघ÷संस्थाले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र बैकर्स एसोसियनका अध्यक्ष अनिलकुमार उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो घोषणा गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्थामा र निजी क्षेत्र उद्योग÷व्यवसायीहरुले ब्याज, सावाँको किस्ता भुक्तान गर्नै नसक्ने अवस्था सिर्जना भएको जिकिर गरिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरुबाट पटक–पटक गरिने ब्याजदर वृद्धि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेता एवं मानमर्दनले निजी क्षेत्र पीडित बनेको छ’,पत्रमा भनिएको छ,‘कोभिडले आक्रान्त अर्थतन्त्र उकालो नलाग्दै औद्योगिक क्षेत्रमा कर्जाको सीमा घट्ने सम्भावनाले देशको कुल ग्राहस्थ उत्पादनमै प्रवाव पार्ने निश्चित भएको छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् अर्थमन्त्री र नेपाल राष्ट्र बैंंक पोखरा शाखामार्फत् गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाइएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,उद्योग परिसंघ गण्डकी प्रदेशका विनोद शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका तर्फबाट केदार पौडेल,पोखरा च्याम्बर अफ कमर्स कास्कीका कार्यवाहक अध्यक्ष उमराज बास्तोला, गण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी,एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला ,अधिकृत बिक्रेता संघ कास्कीका अध्यक्ष अनिल श्रेष्ठ, कास्की हेभी इक्युपमेण्ट व्यवसायी संघ,पोखराका सचिव भीमबहादुर केसी, नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव इ.सिरशकुमार बास्तोला ,घरेलु तथा साना उद्योग महासंघ कास्कीका उपाध्यक्ष भानु भण्डारी र पृथ्वी राजमार्ग यातायात प्रालिलगायतको ऐक्यवद्धता र हस्ताक्षर रहेको छ ।

२८ आश्विन २०७९, शुक्रबार २१:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा