Play

कास्की कांग्रेसद्वारा पर्यटन नीति लेखन र बक्तृत्वकला प्रतियोगिता आयोजना, विजयीलाई पुरस्कार वितरण

गुरुकुल खबर


पोखरा, ४४ औँ बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले बक्तृत्वकला प्रतियोगिता एबम पर्यटन सम्बन्धि नीति लेखन एबम  प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न गरेको छ । ११ जनाको सहभागिता रहेको पर्यटन सम्बन्धि नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदिप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएको छन।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद २५ हजार, नगद १५ हजार र नगद १० हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको कास्की कांग्रेसले जनाएको छ।

यसैगरी बीपीबाट आजका युवाले के सिक्ने ? विषयमा आयोजित बक्त्रित्वकला प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी रहेकोमा एसओएसमा अध्ययनरत प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माविमा अध्ययनरत सम्झना बेलवासे द्वितीय, एसओएसमै अध्ययनरत अनुजा गौतम तृतीय र रामज्योति माविमा अध्ययनरत स्वेच्छा परियारले सान्त्वना स्थान प्राप्त गरेका छन।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद १० हजार, नगद ८ हजार , नगद ५ हजार र नगद २ हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गरे। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने बताइन।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक व्यक्तित्व र साहित्यकार सञ्जीव पौडेलले बिपीको साहित्यिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर र सचिव देवेन्द्र रानाभाटले पनि आआफ्नो भनाई राखेका थिए। सोहि सारोहमा कास्कीमा संचालन गरिएको पार्टीको जरा अभियान समेत सम्पन्न भएको जानकारी गराइएको थियो ।

६ श्रावण २०८३, बुधबार २२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा