Play

नेपाली कांग्रेसका पुराना नेता एबम पुर्व उपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको ‘बरिष्ठ नेता’ घोषणा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता एबम पुर्व उपसभापति गोपालमान श्रेष्ठलाई नेपाली काँग्रेसको वरिष्ठ नेता घोषणा गरिएको छ। गम्भीर बिरामी परेकोले हाल अस्पतालमा नै बिशेष उपचार गराईरहेका नेता श्रेष्ठलाई नेपाली कांग्रेसका सभापति गगन थापाले बरिष्ठ नेता बनाएको घोषणा एक कार्यक्रममा गरेका छन।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन् ।

उनि केहि महिनादेखि नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गराईरहेकोमा अहिले पनि काठमाडौँको एक अस्पतालको सघन उपचार कक्षमा राखेर श्रेष्ठको उपचार भैरहेको छ।

उनले यो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने समेत सोहि अबसरमा बताए । केन्द्रीय समिति बैठक नेताहरू सँगको सल्लाहमा शुक्रबारसम्ममा तोकिने उनको भनाई थियो।

स्याङ्गजा घर भएका कांग्रेस नेता श्रेष्ठ यस अगाडी पार्टीमा बिभिन्न जिम्मेवारीमा रहनुको साथै नेपाली कांग्रेस विभाजन हुने बेला नेपाली काँग्रेस प्रजातान्त्रिकको केन्द्रीय उपसभापति समेत बनेका थिए।

कांग्रेसको संगठनमा पार्टी नेता शेरबहादुर देउवाको निकट रहेर लामो समय काम गरेका श्रेष्ठ अघिल्लो पुषको अन्तिममा भएको पार्टीको बिशेष महाधिबेशनमा सहभागि भएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको सदस्य बनेका हुन्।

७ श्रावण २०८३, बिहीबार २२:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा