Play

पोखरा रङ्गशालामा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुदको विशेष समारोहबीच शुक्रबार पोखरा रङ्गशालामा औपचारिक उद्घाटन गरिएको छ।

उद्घाटनमा समारोहमा विभिन्न प्रदेशले मार्चपास गरेको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

कोभिड महामारीलगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो। गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो।

यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो। नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा आयोजना गरिएको छ। पुरुष क्रिक्रेटका खेल भने यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन्। यसपटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

२८ आश्विन २०७९, शुक्रबार १९:४२ मा प्रकाशित
Nabintech