Play

पोखरा रङ्गशालामा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुदको विशेष समारोहबीच शुक्रबार पोखरा रङ्गशालामा औपचारिक उद्घाटन गरिएको छ।

उद्घाटनमा समारोहमा विभिन्न प्रदेशले मार्चपास गरेको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

कोभिड महामारीलगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो। गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो।

यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो। नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा आयोजना गरिएको छ। पुरुष क्रिक्रेटका खेल भने यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन्। यसपटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

२८ आश्विन २०७९, शुक्रबार १९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा