Play

गण्डकी प्रदेशका मन्त्री श्रेष्ठ र आचार्यद्धारा उम्मेदवारी फिर्ता

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका दुई मन्त्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

आसन्न प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र ऊर्जा मन्त्री हरिशरण आचार्यले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शिक्षामन्त्री श्रेष्ठले स्याङ्जा १ क र ऊर्जा मन्त्री आचार्यले गोरखा २ ख मा उम्मेदवारी दिएका थिए ।

पाँच दलीय गठबन्धनले स्याङ्जा १ क माओवादी केन्द्र र गोरखा २ ख नेपाल समाजवादी केन्द्रको भागमा पारेको छ ।
उनीहरुले पार्टीको निर्णय स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

२७ आश्विन २०७९, बिहीबार २०:२६ मा प्रकाशित
Nabintech