तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की क्षेत्र नं २ – एमालेकी विधा र एमाले पृष्ठभूमिका श्रीनाथ बिच प्रतिस्पर्धा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २४ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
कास्की क्षेत्र नं २ – एमालेकी विधा र एमाले पृष्ठभूमिका श्रीनाथ बिच प्रतिस्पर्धा
32
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

पोखरा  नेकपा एमालेका नेता रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि विद्या भट्टराई फेरि राजनीतिमा आइन् । विद्यार्थी तथा महिला संघको राजनीति हुँदै प्राध्यापन पेशामा लागेकी विद्यालाई तत्कालीन नेकपाले १४ मंसिर २०७६ मा उपनिर्वाचनबाट उम्मेदवार बनायो र सांसद भइन् ।

विद्या यसपटक निर्वाचन लड्ने पक्षमा थिइनन् । उनले पार्टी अध्यक्ष केपी ओलीसँग भनेकी थिइन्, ‘म एमफिल गर्छु, अनुसन्धानको क्षेत्रमा काम गर्छु ।’ तर ओलीले निर्देशनकै शैलीमा भने, ‘एमाले चौतर्फी घेराबन्दीमा परेका बेला छोड्ने कुरा नगर्नुस्, तपाईं एमालेलाई जिताउने उम्मेदवार हो । चुनावको तयारी गर्नुस् ।’

विद्याले चुनावको तयारी थालिन् र आइतबार कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकी छन् । निकटवर्तीहरु भन्छन्, ‘विद्या कमरेड अध्यक्ष ओलीकै रोजाईं हो, उहाँकै जोडबलले चुनावी मैदानमा उत्रनुभएको हो ।’

उनको उनको प्रतिस्पर्धा उपचुनावमा आफूलाई जिताउने चुनावी अभियानको कमाण्ड सम्हालेका र जीवनको उर्जावान समय एमालेमै बिताएका नेता श्रीनाथ बरालसँग हुनेछ । बराल एमाले हुँदा कहिल्यै संसदीय निर्वाचनमा मौका नपाएका ‘अभागी’ नेता मानिन्छन् । एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका बराल यो पटक भने सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

कास्की एमाले बलियो पकड भएको जिल्ला मानिन्छ । एमालेमा पनि ओली समूहको वचश्र्व छ । यहाँ माधवकुमार नेपाल समूहले कमै मात्र अवसर पाएको र सधैं मारमा पर्ने गरेको गुनासो सुनिन्थ्यो । एमालेमा हुँदा माधव नेपालतिर लागेका श्रीनाथ २०६४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ मै आन्तरिक निर्वाचनबाट ३ जनाभित्र सिफारिस भएका थिए ।

त्यो बेला कास्कीमा ४ वटा निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर २ मा श्रीनाथले आकांक्षा राखेर पनि टिकट पाएनन् भने क्षेत्र नम्बर ३ मा रवीन्द्र अधिकारी विजयी भएका थिए । कास्की क्षेत्र नम्बर २ बाट राजकाजी गुरुङले चुनाव जितेका थिए ।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि गजकुमारी गुरुङ, श्रीनाथ बराल र पूर्व मेयर कृष्ण थापाकै नाम सिफारिस भएको थियो । त्यो बेला पनि श्रीनाथले टिकट पाएनन्, चुनाव चाहिँ कांग्रेसकी शारदा पौडेलले जितेकी थिइन् ।

राज्य पुनर्संरचनापछि कास्कीमा ३ निर्वाचन क्षेत्र कायम भयो । श्रीनाथले क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन चाहे । तर ओली समूहले उम्मेदवार हुने आकांक्षा दर्ता गर्न र सिफरिस हुने मौकाबाटै समेत बञ्चित गरेको उनको गुनासो छ ।

तथापि क्षेत्र नम्बर १ मा खगराज अधिकारीले जिताउने कमाण्ड सम्हाले । २०७६ को उपनिर्वाचनमा विद्यालाई चुनाव जिताउने कमाण्डर मध्ये एक थिए ।

नेकपा विवादले एमाले–माओवादी अलग गराइदिएपछि एमालेबाट माधवकुमार नेपाल समूह पनि अलग भयो, एकीकृत समाजवादीतिर गएका उनी केन्द्रीय पोलिट्ब्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज भए । ३० वैशाखको स्थानीय चुनावमा उनले पोखरा महानगरपालिकाको मेयर उठ्न चाहेका थिए ।

तर धनराज आचार्यले पाए र जिते पनि । प्रतिनिधिसभा चुनावका लागि बराल कास्की क्षेत्र नम्बर १ बाट सिफारिस भए । तर सत्ता गठबन्धनको भागवण्डामा एकीकृत समाजवादीले क्षेत्र नम्बर २ पायो र बराल उम्मेदवार बनेका छन् ।

एमाले उम्मेदवार विद्या पति रवीन्द्र अधिकारी र एमालेको विरासत जोगाउने प्रयासमा हुनेछिन् भने चार दशकको राजनीतिक जीवनमा पहिलो पटक उम्मेदवार बनेका श्रीनाथ गठबन्धनबाट जसरी पनि जित आफ्नो पक्षमा लेखाउन चाहन्छन् ।

एमालेबाट जित निकाल्न सक्ने क्षेत्र मानिएकोले विद्यालाई पनि ठूलो दबाव छ भने गठबन्धनको साथ र लामो समय एमालेमा गुजारेर पनि अवसर नपाएको नेताको सान्त्वना बटुल्दै एमालेकै मतसमेत काटेर चुनाव जित्ने होडमा श्रीनाथ छन् ।

दुबै नेता शालीन र शिष्ट

मनोनयन दर्ताका क्रममा आइतबार दिउँसो विद्या र श्रीनाथको समूह आमने–सामने भए । मनोनदन दर्ता गराएर बाहिर निस्किएकी विद्या सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेकी थिइन् । श्रीनाथलाई देख्नेबित्तिकै टाढैबाट हात हल्लाइन् र अभिवादन गरिन् । श्रीनाथले पनि अभिवादन गर्दै शुभकामना दिए ।

कास्की २ मा विद्या एमालेबाट संघको उम्मेदवार हुँदा प्रदेश सभा ‘क’ मा केन्द्रीय सदस्य भीम कार्की र यसअघि नै प्रदेश सभा सदस्य रहेकी मीना गुरुङ प्रदेश सभा ‘ख’मा उम्मेदवार छिन् ।

गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ संघको उम्मेदवार हुँदा प्रदेश सभा ‘क’ मा माओवादीका विश्वप्रकाश लामिछाने र ‘ख’ मा कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।

विद्या र श्रीनाथजस्तै दुबै गठबन्धनका उम्मेदवारले हात मिलाउँदै एक अर्कालाई शुभकामना दिए । समाजशास्त्र तथा मानवशास्त्रमा एमए गरेका विद्या र श्रीनाथ दुबै शालीन, अध्ययनशील नेता मानिन्छन् । छुद्र नबोल्ने र एकअर्कालाई सम्मान गर्ने दुई उम्मेदवार हुने प्रतिस्पर्धालाई यसपटक निकै रोचक मानिएको छ ।

कस्तो छ अंकगणित ?

कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्छन् । यी ११ वटा वडाध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको छ भने ५ वटा वडामा एमाले विजयी भएको छ ।

१७, २१, २० लगायतको वडालाई नेकपा एमालेको ‘उत्तर कोरिया’ नै भन्ने गरिएको छ । ४, ७, ९, ११ लगायतका वडा कांग्रेसको बलियो जनाधार भएको वडा मानिन्छ । गएको स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा प्रतिनिधि सभाको निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था भने छैन ।

एमालेका वडाध्यक्षका उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा २१ हजार १ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत गरेका थिए । एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ मत र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत ल्याएका थिए ।

राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९ र स्वतन्त्र तथा अन्यले ७५० मात्र मत प्राप्त गरेका थिए । स्थानीय तहको मतलाई हेर्दा कांग्रेस, एकीकृत समाजवादी र माओवादीका वडाध्यक्षले पाएको मत हेर्दा एमाले करिब १ हजार मतले मात्र पछाडि छ । तर स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी, माओवादीले सबै वडामा उम्मेदवार नउठाएकाले आफ्नो मतको परीक्षण नहुने उनीहरुको भनाइ छ ।

एमालेले पनि अघिल्लो निर्वाचनमा अन्तर्घात पनि भएको र यो निर्वाचनमा त्यस्तो नहुने भन्दै अन्य पार्टीको मतसमेत काटेर व्यक्तित्वका हिसाबले पनि विद्याले चुनाव जित्ने दाबी गरेको छ ।

अमृत सुवेदी / अनलाईन खवर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.