Play

मन्त्री थापाद्धारा सुविधा स्वरुप प्राप्त गाडी फिर्ता

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सुविधा स्वरुप प्राप्त सरकारी गाडी फिर्ता गरेका छन् ।

मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गरेसँगै मन्त्री थापाले सरकारी गाडी फिर्ता गरेका हुन् । अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु’ मन्त्री थापाले भने ।

विकास निर्माण र सामाजिक कार्यकालागि आफुले प्राप्त तलब, भत्ता तथा अन्य सुविधा खर्च गरेको विवरण केही दिन अघि पत्रकार सम्मेलन गरी जानकारी गराएका थिएँ । जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि सचेत थिएँ, आज पनि छु र भविष्यमा पनि यसैमा मेरो प्रतिवद्धता रहनेछ’ मन्त्री थापाले भने ।

२४ आश्विन २०७९, सोमबार १८:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा