Play

पूर्णिमाका दिन कांग्रेसले गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने

गुरुकुल खबर


नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगरिने भएको छ ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।

बर्षेनी यो परम्परा चल्दै आएको भएपनि यस वर्ष आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन अर्थात असोज २३ गते नै प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरुको मनोनयन गर्नुपर्ने भएकोले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगरिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन ।

कास्की कांग्रेसले भने दशै पर्व सकिएपछि र तिहार आउनु अगाडी नै जिल्ला स्तरमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय यस अगाडी बसेको नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको बैठकले गरेको छ ।

२१ आश्विन २०७९, शुक्रबार १३:२४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा