Play

साहित्य र पत्रकारितामा क्रियाशील राईकाे ‘सञ्चो छ कि रोदन’ बोलको गीत सार्वजनिक 

गुरुकुल खबर


बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल र कविता लेख्दै आएका श्रीराम राईकाे ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक  गरिएकाे छ ।

१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।

उक्त गीतकाे अडियो ओसन म्युजिक नेपाल नामकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । जसमा मनमाबी राईले स्वर दिएकी छन् । मनमाबी राई खाेटाङकी उदयीमान गायिका हुन् ।

राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो सार्वजनिक गरिएको छ

साहित्यकार श्रीराम राईकाे पहिलाे गीत ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बाेलकाे थियाे । जुन २०७५ सालमा शिला खनालकाे स्वरमा रेकर्ड गरिएकाे थियाे ।

उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्। उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।

रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्।

२१ आश्विन २०७९, शुक्रबार १२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा