Play

नवौं राष्ट्रिय खेलकुदमा सहभागी ३६ खेलका संघलाई दुई लाख दिने

गुरुकुल खबर


पोखरा । पोखरालाई आधार बनाएर गण्डकी प्रदेशमा असोज २८ गतेदेखि हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी ३६ खेलका प्रत्येक संघहरुले २ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले मंगलबार काठमाण्डौंम आयोजित अन्तरक्रिया कार्यक्रममार्फत प्रतियोगिता सञ्चालनका लागि दुई लाख रुपैयाँ दिने बताएको हो । रकम उपलब्ध गराएपनि अन्य सुविधा भने नदिने परिषदले जानकारी दिएको छ ।

परिषदद्धारा जारी विज्ञप्तीमा बजेटबाट विषयगत समितिबाट सम्पादन हुने कार्यबाहेक प्रतियोगिता सञ्चालनका अवसरमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन सम्बन्धित संघले नै गर्नुपर्नेु पर्ने उल्लेख गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन ।

 

११ आश्विन २०७९, मंगलवार १६:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा