Play

नेपाली साहित्यमा साहित्यकार दिलीप ढकालको छलाङ

गुरुकुल खबर


पोखरा । कवि एवम् गजलकार दिलीप ढकाल नेपाली साहित्यमा उपन्यासकारको रुपमा उदाएका छन् ।

उपन्यास छलाङ मार्फत ढकाल नेपाली साहित्यमा उपन्यासकारका रुपमा उदाएका हुन् ।

समालोचक एवम् समिक्षक समेत रहेका ढकालले केही दिन अघि मात्रै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा एक कार्यक्रमका बीच लोकार्पण गरी आफ्नो तेस्रो कृति उपन्यास छलाङ बजारमा ल्याएका छन् ।

उपन्यासभित्र जातिय विभेद विरुद्धको आवाज उठाईएको छ । समय परिर्वतनसंगै परिवर्तन हुन नसकेको मानव चेतना विरुद्धमा आवाज उठाईएको छ ।

‘जातिय  विभेद विरुद्धको छलाङ हो, समतामुलक समाज निर्माणको छलाङ हो । यत्ति मात्रै होइन वर्तमान अराजनीतिक अवस्थाको राजनीतिक छलाङ हो र  देशविकासको छलाङ पनि हो यो छलाङ उपन्यास’ उपन्यासकार ढकाल भन्छन् ।

देश परिवर्तनको नाममा भएका द्धन्द्धहरुले पाउन नसकेको सार्थकता, गरिव र दलितहरुको जीवनमा आउन नसकेको परिवर्तनले उपन्यास छलाङको जन्म भएको उपन्यासकार ढकाल बताउँछन् ।

उपन्यासको अन्त्यमा एउटा परिकल्पना सहितको छलाङ मारिएको उपन्यासकार बताउँछन् ।

‘देशमा आमूल परिर्वतन, जातिय विभेदको अन्त्य, अन्तरजातिय विवाह उपन्यासको छलाङ हो’ ढकाल भन्छन ‘राजनीतिक क्षेत्रमा नेपाली महिलाले भोग्नु परेको समस्या र राजनीतिक रुपमा भएको आमुल परिवर्तन देखाउनु पनि उपन्यासभित्रको अर्को बलियो पाटो हो ।’

सामाजिक विषयवस्तु केन्द्रित भएकोले उपन्यास पाठकको रोजाईमा पर्ने विश्वास उपन्यासकार ढकालको छ ।

उपन्यासभित्र समाजका विविध पाटोलाई केलाएर समस्याको रुपमा पहिचान गरी आमुल परिर्वतन सहितको सुन्दर नेपाल परिकल्पना गरिएको छ । ३७ परिच्छेद र २७९ पेजमा रहेको यो उपन्यास शिखा बुक्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका वडा नम्बर १, पञ्चमुलका स्थायी बासिन्दा ढकाल सगरमाथा मल्टिपल कलेज काठमाण्डौमा अध्यापन गराउछन् । गजल संग्रह एक्लै सन्ध्याको मझेरी २०६४,   समालोचकिय आलोकमा यदुनाथ खनाल पुस्तक बजारमा ल्याईसकेका ढकालको छलाङ उपन्यास तेस्रो कृति हो ।

८ आश्विन २०७९, शनिबार ०१:१३ मा प्रकाशित
Nabintech