Play

 पोखरा सेती गण्डकी लायन्सद्वारा विधालय पोशाक र स्टेशनरी वितरण

गुरुकुल खबर


पोखरा , लायन्स क्लब अफ पोखरा सेती गण्डकीले  पोखरा महानगर पालिका -१६ तल्लो दिप स्थित दिव्य ज्योती आधारभूत प्राथमिक विधालयमा अध्ययनरत २२ जना विधार्थीहरुलाई विधालय पोशाक र स्टेशनरी वितरण गरेको छ ।

महिलाहरुमात्र सदस्य रहेको उक्त क्लवले विधालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ उनिहरुलाई स्कुल पोंसाक , जुत्ता , झोला र स्टेशनरीका सामान वितरण गरिएको हो ।

क्लवका अध्यक्ष अम्विका पराजुलीको सभापतित्वमा आयोजित एक कार्यक्रममा ति सामग्री बितरण गरिएको थियो ।

क्लवका पुर्व अध्यक्ष एवं भाईस डिस्ट्रिक्ट गभर्नर मिलन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा क्लवका पुर्व अध्यक्ष देव कुमारी हिराचन , विधालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणि सुवेदी , रोटरीयन पुष्पांजलि पराजुली, क्लवका अर्का पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक प्रिति श्रेष्ठ लगायतले लायन्सका विविध गतिविधि र सामाजिक काममा गर्दै आएको सहयोगका बारेमा चर्चा गरेका थिए ।

क्लवको उक्त कार्यक्रम सफल पार्न बसन्त गौतम , पुष्पराज पराजुली र लक्ष्मी श्रेष्ठ लगायतले विभिन्न किसिमबाट सहयोग उपलब्ध गराएका थिए ।

४ आश्विन २०७९, मंगलवार २३:१६ मा प्रकाशित
Nabintech