Play

लाइभ संगीतमा सरोजगोपालका गीतहरु

गुरुकुल खबर


पोखरा । पोखराका कला, साहित्य र संगीतमा समर्पित अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार आफ्ना संस्थापक अध्यक्ष सरोज गोपाल बज्रचार्यलाई सम्झिए ।

सिमसिम पानी परेतापनि संगीतप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको उक्त स्मृति साँझमा गायिका बाबा राणाले स्व.सरोज गोपाललाई सम्झदै गाईन् विर्सिजाने निष्ठुरीलाई सम्झदै सम्झदै बसौंला । सांगीतिक यात्रामै भेटिएका सरोज गोपाल र बाबा राणा दाम्पत्य सम्बन्धमा बाँधिएका थिए। गीत गाउनुअघि बाबाले भनिन्, उहाँको ध्यान संगीतमै थियो, यस्तो साधकलाई दैवले छिनेर लग्यो, ८ वर्ष पुगिसकेछ।

कार्यक्रममा सरोजगोपालद्धारा स्वरवद्ध गीतहरुलाई विभिन्न गायक गायिकाले स्वर दिएका थिए।

लाइभ संगीतको प्रयोग गरिएको कार्यक्रममा तारा थापा, कविता आलेमगर, रामभक्त जोजिजू, इतु जोजिजू, विनोद बानियाँ, विनित जोजिजू, फिरोजगोपाल बज्राचार्य, आनन्दराज बज्राचार्य लगायतले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।

स्मृति साँझमा बिर्सिजाने निष्ठुरीलाई, करोडौं मुटुहरु ढुकढुकी एउटै नेपाल, जोवन साँचेको मैले, गाइले पराल खायो बरिलै, मायालुको मोहनी बोली, खुट्टामा निल परे पर्ला, देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले…लगायतका गीत प्रस्तुत गर्नुका साथै बज्राचार्यसँग बिताएका पलहरुकोसमेत स्मरण गरेका थिए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा साहित्यकार प्रकाश सायमीले गायक बज्राचार्यले नेपाली गीत–संगीतको क्षेत्रमा पु्र्याएको योगदानका बारेमा स्मरण गरेका थिए ।

गायक विनोद वानियाले बज्राचार्यका गीतहरु रिरेकर्ड गरेर नयाँ श्रोता माँझ पस्कनुपर्ने बताए ।

कार्यक्रममा लेखक रवीन्द्र माकाजूद्धारा लिखित ‘सरोज गोपाल’ पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकमा समावेश सामाग्रीमार्फत गायक बज्राचार्यलाई आम पाठकमाझ थप परिचित गराउन खोजिएको छ ।

पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परिवारका सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

वि.सं. २००९ साल मंसिर २ गते पोखरामा जन्मिएका गायक बज्राचार्यको २०७१ साल साउन २९ गते निधन भएको थियो ।

१ आश्विन २०७९, शनिबार २३:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा