तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कर्मचारी युनियन कास्की: सुमधुर सम्बन्ध स्थापित गर्न नयां पहल, संगठनात्मक काममा पनि चासो

गुरुकुल खबर गुरुकुल खबर
२०७९ भदौ ३० मा प्रकाशित
in विशेष, Breaking News, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
कर्मचारी युनियन कास्की: सुमधुर सम्बन्ध स्थापित गर्न नयां पहल, संगठनात्मक काममा पनि चासो
60
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कास्कीले युनियनको संगठनात्मक कामका अतिरिक्त कर्मचारीहरुको पेशागत हक़ हित र सुविधाका लागि मात्र नभएर विभिन्न तहका कर्मचारीहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्न नयां पहल शुरु गरेको छ ।

यस क्रममा युनियनको कास्की शाखाले विभिन्न कार्यालयका प्रमुखहरु कास्कीमा पदस्थापन हुंदा वा कास्कीबाट सरुवा भएर जांदा स्वागत र विदाई गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

विगत केही दिन यता युनियनको कास्की शाखा तथा युनियनमा आबद्ध कर्मचारीहरुले प्रदेश मन्त्रालयमा आएका सचिवहरु सहित कास्कीका प्रमुख जिल्ला अधिकारी र अन्यको स्वागत र बिदाईमा सम्बन्धित कार्यालयमै पुगेर संक्षिप्त कार्यक्रम आयोजना गरेका थिए ।

मंगलवार कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीलाई कर्मचारी युनियन कास्कीको तर्फबाट स्वागत गरिएको थियो । प्रजिअ केसी सोमवार मात्र कार्यालयमा हांजिर भएका थिए । सोही अवसरमा युनियनको टोलीले कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अजय केसीलाई समेत स्वागत गरेको थियो । केसी पनि केही साता अगाडी मात्र कास्कीको प्रहरी प्रमुख ज़िम्मेवारी सम्हाल्न आएका हुन ।

यसै गरि मंगलवार नै गण्डकी प्रदेश अन्तर्गत कृषि मन्त्रालयका सचिव सहदेव हुनागाँई लाई पनि मालेपाटन स्थित मन्त्रालयकै कार्यालय पुगेर युनियनकर्मीले स्वागत गरेका थिए ।

यसै गरि युनियनको कास्की जिल्ला अध्यक्ष शुरेश श्रेष्ठ सहितको टोलीले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालको बिदाई गरेको छ । कास्कीबाट बांकेको नेपालगंज उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका रिजाललाई मायाको चिनो र खादा लगाएर बिदाई गरेको थियो ।

यसका साथै कास्कीका प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेर ललितपुर जिल्लामा सरुवा भएका जय नारायण आचार्यलाई समेत युनियनको टोलीले बिदाई गरेको थियो ।

युनियनले कर्मचारी र कार्यालय प्रमुखहरुको स्वागत र बिदाई गर्दा जुन सुकै कार्यालय र जिल्लामा पुग्दा समेत युनियनका साथीहरु संग सुमधुर सम्बन्ध स्थापित हुने विश्वासले नै यस किसिमको कार्यक्रम गरिएको युनियनका कास्की जिल्ला अध्यक्ष शुरेश श्रेष्ठ बताउंछन ।

हामीले कर्मचारीहरुको हक़ हितका लागि मात्र हैन सेवा ग्राही आम नागरिकको सुविधालाई समेत ख़्याल गरेर कार्यक्रम गर्ने गर्दछौ। युनियनको स्थापना दिवसमा रक्तदान र बृद्दाश्रममा फलफूल सहित खाधान्न सहयोग गर्ने मात्र नभएर कर्मचारीहरुको सहकारी मार्फत पनि सामाजिक र रचनात्मक काम गर्दै आएको छौ । युनियनको कास्की जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न र त्यसलाई कर्मचारी मैत्री बनाउन समेत उनिहरुले जोड दिंदै आएका छन । यसका लागि गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल , कानुन मन्त्री बिन्दु कुमार थापा , मुख्य न्याषाधिवक्ता रोहित राज बांस्तोला लगायत सरोकारवालाहरु संग बारम्बार भेटघाट र छलफल भएको युनियनका केन्द्रीय सदस्य विश्वराज आचार्यको भनाई छ ।

यसै सन्दर्भमा यही भदौ २६ गते कर्मचारीहरुले मुख्य मन्त्रीको कार्यालय परिसरमा धर्ना समेत दिएका थिए । प्रदेश र निजामती सेवा ऐन ट्रेड युनियन अधिकार सहितको समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका सबै तहका कर्मचारीहरुको सरुवा बढुवा र वृत्तीबिकास हुने गरि यथाशीघ्र ऐन ल्याउन माँग गर्दै आयोजित धर्नामा सहभागी कर्मचारीहरुलाई प्रहरीले गिरंफ्तार गरेको थियो ।

उनिहरुलाई कास्की जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समेत रहेका युनियनको गण्डकी प्रदेशका उपाध्यक्ष दिपक रेग्मी लगायतको समन्वयमा सोही दिन रिहा गरिएको थियो ।

यसैगरि युनियनको केन्द्रीय उपाध्यक्ष सहितको टोलीले गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे बिश्वकर्मा र सोही मन्त्रालयका सचिव बद्रि अधिकारी समेतलाई भेटेर अधिकृत आठौ तहसम्म स्थानीय तहमा ट्रेड युनियन अधिकार सहितको कर्मचारी मैत्री ऐन तत्काल जारी गर्न माग गरेको थियो ।

युनियनको यस किसिमको सक्रियता लाई सराहना गरिएपनि लोकतन्त्रलाई संस्थागत गर्न कर्मचारीहरु आंफ्नो काम प्रति ज़िम्मेवार बन्न, पारदर्शिता र कानुनको शासनमा जोड दिन अनि आम नागरिकको शुसासनको चाहनालाई पुरा गर्न समेत युनियनको ध्यान जानुपर्नेमा धेरैको जोड छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.