Play

कास्कीका ६० विद्यार्थीलाई वैदेशिक रोजगार छात्रवृत्ति प्रदान

गुरुकुल खबर


पोखरा । कास्की जिल्लाबाट २०७८ सालको वैदेशिक रोजगार छात्रवृत्तिका लागि आबेदन दिएर छनोट भएका विद्यार्थीहरुलाई बुधबार छात्रवृत्ति बितरण गरिएको छ। ७० जनाले आबेदन दिएकोमा मापदण्ड पुगेका ६० जना वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको छनोटमा पर्न सफल भएपछि छात्रवृत्ति प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति कास्किका प्रमुख समेत रहेका जिल्ला शिक्षा समिती कास्किका संयोजक लिलाधर पौडेलले एक विशेष कार्यक्रमका छात्रवृत्ति बितरण गरेका थिए । उनले रोजगारीको खोजिमा विदेशिएका नेपालीहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्ने एकमात्र उपाय स्वदेशमै रोजगारी सिर्जना भएको उल्लेख गरे।

शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख उपसचिव नारायणप्रसाद सुवेदीका अनुसार वैदेशिक रोजगारका क्रममा जीवन गुमाउन पुगेका ब्यक्तिहरुका आश्रीत परिवारका पुर्व प्राथमिक तहदेखि कक्षा आठ सम्मका विद्यार्थीहरूका लागि बार्षिक आठ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि रू १२ हजार छात्रवृत्ति प्रदान गर्ने गर्दछ।

सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल, शाखा अधिकृतद्वय प्रकाशबन्धु अर्याल र भरत बराल , विद्यार्थीद्धय पूजन परियार र अन्जन कार्की,अभिभावक महेश्वरी भण्डारी बाँस्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए।

३० भाद्र २०७९, बिहीबार १०:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा