Play

रामबजार प्रहरीद्धारा लागू औषध सहित दुई जना पक्राउ

गुरुकुल खबर


पोखरा । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आईतबार लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा धौलागिरी गाँउपालिका वडा नं.१ बस्ने ३१ वर्षिय नगेन्द्र थापा र बेनी नगरपालिका वडा नं.७ बस्ने २१ वर्षिय सुरेश घर्ति मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको साथबाट लागू औषध डाईजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

२० भाद्र २०७९, सोमबार २१:२५ मा प्रकाशित
Nabintech