पोखरा, नेपाली काँग्रेसको काठमाडौँमा सम्पन्न १५ औं महाधिबेशन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामले पार्टीका १५ जना सहमहामन्त्री मध्ये खुल्ला तर्फबाट निर्बाचित हुने दुईजना सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी निर्बाचित हुने सम्भावना बढेको छ ।
हालसम्म ४ हजार २८७ मत गणना भैसकेकोमा सबैभन्दा बढी ओखलढुंगाका रामहरी खतिवडाले १ हजार ८ सय ४६ मत पाएको छन भने दोलखाका अजयबाबु शिवाकोटीले १ हजार ३२६ मत पाएका छन। शिवाकोटीको नजिक रहेका बाग्लुंगका डिल्लीराज सुबेदीले १ हजार ८६ मत पाएका छन।
अन्य प्रतिष्पर्धीहरुमध्ये अमृत कुमार अर्यालले ५७४, देवेन्द्रराज कडेलले ८५३, विकास कोइरालाले ६८९, विमलराज क्षेत्रीले १७३, रमेश प्रसाद धमलाले ४७८ र राजिव ढुंगानाले ७५१ मत पाएका छन। मतगणना जारी छ ।













