Play

जब मनोजले आमा बनेर दर्शक रुवाए

गुरुकुल खबर


हास्य कलाकार मनोज गजुरेल जब स्टेजमा उक्लन्छन्, दर्शकहरू पेट मिचीमिची हाँस्छन् । बलियो सामाजिक र राजनीतिक चेतसहितको मनोजको हास्यव्यंग्यले हासोसँगै प्रभावकारी सन्देश पनि छाडिरहेको हुन्छ ।

तर, सधैँझैँ मनोज स्टेजमा उक्लँदा हाँस्ने दर्शकहरू यसपालि हाँस्न सकेनन् । बरु कोही रुमालले आँसु पुछ्दै थिए त कसैको पत्तै नपाई आँखा भिजिरहेको थियो ।

आइतबार प्रज्ञा–प्रतिष्ठानको हलमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी राधिका शाक्यलगायत थुप्रै राजनीतिक नेता, कलाकार तथा उद्यमीहरूको बाक्लो उपस्थिति थियो । सिस्नुुपानी नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रममा मनोज गजुरेल अहिलेसम्मकै भिन्न ‘गेटअप’मा देखिए । सुरुमा विरहलाग्दो पार्श्व संगीतसँग एउटी वृद्धाको भाका मिसियो(

धानै र कुट्नु ज्यान ढुकुढुकु रामकाली रुदुवा
बालखैकालमा बे गरी दिए बैँसैमा विधुवा।

स्टेजमा ८० वर्षकी वृद्धा देखा परिन् । जसको कपाल सेताम्य थियो, अनुहार बुढ्यौलीले मुजा परेका थिए । ‘नमस्कार छ, धन्यवाद छ सबै जनालाई । मेरो नाम इन्द्रमाया । तर मेरो नाम र जिन्दगीको बीचमा गहिरो खाडल छ नानी १,’ वृद्धा मलिन आवाजमा आफ्नो परिचय दिन्छिन् ।

मनोज स्टेजमा आफ्नै ८० वर्षीया आमाको क्यारिकेचर गर्दै थिए । आमाकै कपडामा, आमाकै हाउभाउमा, आमाकै लवजमा उनले आमाले भोगेका सङ्घर्षहरू सुनाइरहेका थिए । अरु बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूूर्वअमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प, डब्लूएचओ प्रमुुख डा। टेड्रोस एडहानोम गेहब्रेयस, या त अन्य चर्चित पात्रहरूको क्यारिकेचर गरेर माहौल तताउँथे । यसपालि उनले आफ्नै आमाको चरित्र स्टेजमा देखाउने प्रयत्न गरे ।

आमा इन्द्रमायाका सात सन्तान, जसले २९ वर्षकै उमेरमा श्रीमान् गुमाइन् । त्यतिबेलाको समाजमा एकल महिला भएर सन्तान हुुर्काउनु कति कष्टदायी हुुन्छ रु भावुक मुद्रामा प्रस्तुति हेरिरहेकी राष्ट्रपतिलाई सम्झँदै मनोजको आमावाणी सुनिन्छ, ‘राष्ट्रपति र मेरो कथा उस्तैउस्तै छ नानी । उहाँ पनि एकल । म पनि एकल । तर, हाम्रो एउटाचाहिँ भिन्नता छ है नानी । सातवटा टुहुरा बच्चा एक्लै गरिब भएर हुर्काउनुु भनेको सविंधान बनाउनु जत्तिकै ठूलो लडाइँ हो नानी ।’

तत्कालीन समाजमा छोरी भएर, बुहारी भएर वा ‘विधवा’ भएर बाँच्न कति कठिन थियो रु उनको प्रस्तुति हेरिरहँदा छर्लङ्ग हुन्थ्यो, ‘बा सेतो साडी नलगाउन मिल्दैन रुु तर बाले भने, ुयो त तेरो सुरक्षाका लागि हो नानी ।’ आमाको कहानी सुन्ने र सुनाउनेबीचको समानता बगिरहेको आँसुमा भेट्न सकिन्थ्यो ।
करिब १८ मिनेटको ‘छोरी’ शीर्षकको प्रस्तुतिमा अन्तिममा मनोजकी आफ्नै आमा स्टेजमा आउँछिन् । उनले श्लोक गाउँछिन् । त्यो दृश्य झन् कारुणिक र हृदयस्पर्शी लाग्छ ।

आमाकै कथा आमालाई सुनाउँदा

सिस्नुपानी नेपालले सधैँझैँ यसपालि पनि फरक कार्यक्रम गर्दै थियो । मनोजलाई तीज विशेष कार्यक्रममा छोरीहरूको कथा भन्नुु थियो । ‘तल्लो तहदेखि राष्ट्रपतिसम्म भएका छोरीहरूको सङ्घर्षको कथा भन्नुु थियो । जसले एउटा बहस सिर्जना गरोस् । हृदयको केन्द्रसम्म पनि पुगोस्,’ मनोजले सोचे ।

सानैदेखि आमाको कथा सुन्दै आएका । आमाका जस्तै कथा हजारौँ आमाहरूको पनि देखिरहेका । मनोजले आमाको कथा भन्न १५ दिन आमासँग नजिकबाट बिताए ।‘८ दिनमा त दिनको १० घण्टा आमासँग बिताएँ, आमाको कथा सुनेँ,’ मनोजले भने ।

जब उनले आमाको कथामा शिल्प भरेर आमालाई नै सुनाए, इन्द्रमाया भक्कानिइन् ।‘यस्ता दुस्ख त अझै धेरै छन्,’आमाले रुँदै थप सुनाइन् ।

यसपटक आमाकै गेटअपमा देखिन मनोजले धेरै मिहिनेत गर्नुपर्‍यो ।‘म आमाजस्तै देखिन्छु । गेटअपमा त्यति समस्या भएन । आमाजस्तै गरी आमाको कुरा भन्नु थियो । यो चुुनौतीपूर्ण थियो,’ मनोजले भने, ‘त्यसमाथि पहिलोपटक महिलाको गेटअपमा गरेको हुनाले एक्साइटमेन्ट र कन्फ्युजन दुवै थियो । कस्तो अर्थ लाग्ला भन्ने डर पनि थियो ।’

आमाले लगाइरहेको कपडा र केहीचाहिँ उस्तै डुप्लिकेट खरिद गरेका थिए मनोजले । उनको अहिलेसम्मकै बेग्लै प्रस्तुतिको तारिफ सामाजिक सञ्जालमा भइरहेको छ । प्रस्तुतिका क्रममा कतैकतै मनोज नै हाबी भएका पनि छन् । त्यसमा भने मनोजको स्वीकारोक्ति छ, ‘समय पनि पुगेन । केही कमजोरीहरू महसुस गरेको छु ।’

१३ भाद्र २०७९, सोमबार २३:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा