Play

प्रतिगमन रोक्न गठबन्धन कायम रहन्छ: अध्यक्ष नेपाल

गुरुकुल खबर


पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान र संघियताका लागि आगामी प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले ४४औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा सोमबार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा अध्यक्ष नेपालले संविधान र संघीयता जोगाउन प्रतिनिधि सभाको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायमै रहने बताएका हुन् । ‘प्रतिगमन रोक्नका लागि पनि आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै गठबन्धन कायमै कायम रहन्छ ।’ उनले भने ।

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनपर्नेमा जोड दिएका छन् । ‘निर्वाचनमा जम्मै सिट आफू लिउँला, उर्घिएको मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्ने वाला छैनौं’ अध्यक्ष नेपालले भने ‘आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौं ।’

पुष्पलालले अवलम्बन गरेको बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उनकै विचारबाट निर्देशित कम्युनिस्ट पार्टीले जनतामा प्रभाव जमाउन सक्षम भएको विश्वास व्यक्त गरे । पुष्पलालकै विचारले जनताको विश्वास जित्न सफल भएको र नेपालमा कम्युनिस्ट जनमत बलियो बनेको उल्लेख गरे ।

कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानताको आवाजलाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उनीबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिए ।

९ श्रावण २०७९, सोमबार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा