Play

पोखराको आजको तापक्रम ३५ डिग्री सेल्सियस

गुरुकुल खबर


पोखरा । पोखराको आजको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ। यो वर्षको अहिलेसम्मैको उच्च तापक्रम भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।

पछिल्लो तीन दिनदेखि पोखराको तापक्रम ३४ डिग्री थियो ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पनि पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो ।
सन् २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री तथा २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पनि पोखराको तापक्रम ३४.७ डिग्री थियो।
पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो भने १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो।

३१ असार २०७९, शुक्रबार २१:३४ मा प्रकाशित
Nabintech