Play

पूर्वडीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

गुरुकुल खबर


काठमाडौं । सर्वोच्च अदालतले फैसला उल्टाएपछि पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। प्रहरीले शुक्रबार कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार लुकिरहेको अवस्थामा  पक्राउ परेका थिए।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार सर्वोच्चको फैसला उल्ट्याएको थियो। पूर्ण इजलासको फैसलासँगै पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइराला पुनः कैद बस्नुपर्ने छ।

दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद मिनाहाको राय सुनाएको थियो।

२०७७ असार १५ गते कोइरालाको ८ वर्ष ६ महिना हुने गरी सजाय घटाएको थियो। सर्वोच्चको फैसला प्रतिआपत्ति जनाउँदै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन २१ गते निवेदन दिएको थियो।

 

१३ जेष्ठ २०७९, शुक्रबार १९:०२ मा प्रकाशित
Nabintech