Play

पूर्वडीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

गुरुकुल खबर


काठमाडौं । सर्वोच्च अदालतले फैसला उल्टाएपछि पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। प्रहरीले शुक्रबार कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार लुकिरहेको अवस्थामा  पक्राउ परेका थिए।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार सर्वोच्चको फैसला उल्ट्याएको थियो। पूर्ण इजलासको फैसलासँगै पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइराला पुनः कैद बस्नुपर्ने छ।

दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद मिनाहाको राय सुनाएको थियो।

२०७७ असार १५ गते कोइरालाको ८ वर्ष ६ महिना हुने गरी सजाय घटाएको थियो। सर्वोच्चको फैसला प्रतिआपत्ति जनाउँदै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन २१ गते निवेदन दिएको थियो।

 

१३ जेष्ठ २०७९, शुक्रबार १९:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा