Play

ग्यास बुलेट पोलमा ठोक्किँदा आगलागी‚ मुग्लिन-नारायणगढ सडक अवरुद्ध

गुरुकुल खबर


काठमाडौँ — मुग्लिन-नारायणगढ सडकखण्डस्थित १५ किलो भन्ने ठाउँमा गुडिरहेको ग्यास बुलेटमा आगलागी हुँदा सडक अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो गुडिरहेको ग्यास बुलेटमा आगलागी भएको वाग्मती प्रदेश प्रहरी ट्राफिक कार्यालय रामनगर चितवनका एसपी सुशील सिंह राठौरले जानकारी दिए । आगलागीका कारण सडकमा ठूलो संख्यामा सवारी साधन बीच सडकमै रोकिएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । यद्यपि साँझसम्म सडक पुन: सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।

बिजुलीको पोलमा ठोक्किएर ग्यास बुलेटमा आगो लागेको एसपी राठौरले जानकारी दिए ।

१३ जेष्ठ २०७९, शुक्रबार १४:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा