Play

१४ किलो गाँजा र बन्दुकसगित एक जना पक्राउ

गुरुकुल खबर


पोखरा । भीरकोट नगरपालिका-७ स्याङ्जाका ४५ वर्षीय डुलबहादुर रोका भरुवा बन्दुक र गाँजासहित पक्राउ परेका छन्। एक नाले एउटा भरुवा बन्दुक र १४ किलो सुकेको गाँजासहित पक्राउ परेका हुन् । 

प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार भरुवा बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सिसाको छर्रा १७ थान, बारुद ३ ग्राम केप ३ थान बरामद भएको छ । रोकाविरुद्ध लागुऔषध (गाँजा) सम्बन्धी र हातहतियार सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ।  अदालतले ७ दिनको म्याद थप गरेको छ। अवैध हतियार र लागु औषधका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

९ पुष २०७८, शुक्रबार १५:२७ मा प्रकाशित
Nabintech