Play

पोखराको विभिन्न वडाका कांग्रेस कार्यकर्ताको निधन संगै कांग्रेस कार्यकर्ता शोकमा

गुरुकुल खबर


पोखरा,  केही दिन यता पोखरा महानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरुको निधन भएको छ ।निधन हुनेहरु मध्ये केही आंफै कांग्रेसको जिम्मेवारीमा थिएं भने केहीका परिवारजन कांग्रेसको विभिन्न भुमिकामा क्रियाशील छन ।

नेपाली कांग्रेस पोखरा महानगर ३२ का पूर्व सभापति टेकनाथ पन्थीको मंगलवार बिहान निधन भएको छ / नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सल्लाहकार तथा नेपाल कारख़ाना श्रमिक संघ कास्कीको अध्यक्षलगायत अन्य विभिन्न संस्थामा रहेर पन्थीले काम गर्नुभएको  थियो । पन्थी केही समयदेखि प्यारालाईसिसका कारण पिडित हुनुहुन्थ्यौ । ६१ वर्षिय पन्थीका ४ छोरा र २ श्रीमती रहेका छन ।

वहांको शवमा नेपाली कांग्रेस  गण्डकी प्रदेशका सह महामन्त्री कोपिला रानाभाट ,कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणी लामीछाने , नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा र नेताहरु सुदिप मोहन भट्टराई, देवेन्द्ररानाभाट लगायतले नेपाली कांग्रेस र नेपाल ट्रेड युनियन कांग्रेसको झण्डा ओढ़ाएर अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको थियो ।

(टेकनाथ पन्थी संगै उनको निवासमा कांग्रेस नेताहरु बुद्धिमान गुरुडं र गंगाधर पराजुली समेत)

यसैगरि नेपाली कांग्रेस कास्कीका युवा नेता एवं पुर्व जिल्ला सदस्य तथा नेपाल विधार्थी संघ कास्कीका पूर्व सभापति पुरुषोत्तम पराजुलीकी आमा हिरादेवी पराजुलीको निधन भएको छ ।

गत बुधवार पोखरा महानगरपालिका -०५ स्थित घरमै रहेको अवस्थामा अचानक बिरामी परेपछि अस्पताल लगिएपनि वहांलाई बचाउन नसकिएको वहांका नाती पुकार पराजुलीले बताउनुभएको छ ।

स्वर्गीय हिरादेवीका छोराहरु पुरुषोत्तम युवा व्यवसायी समेत हुन । यस बाहेक विश्वनाथ पराजुली , श्रीराम पराजुली, शम्भु पराजुली र शिव पराजुली पनि विभिन्न पेशा र व्यवसायमा संलग्न हुनुहुन्छ ।.

                 

( हिरा पराजुली र वहांका छोराहरु)

यसैगरि पोखरा -०५ निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं पोंखरा फ़ोटोग्राफ़र संघका पूर्व अध्यक्ष टुकलाल नेपालीलाई पुत्र शोक परेको छ । वहांका छोरा डा विष्णु नेपालीको ४० वर्षको उमेरमा केही दिन अगाडी निधन भएको हो ।आंफै डाक्टर रहेर थुप्रै बिरामीको उपचार गरि ज्यान बचाएका विष्णुलाई जन्डिस लागेपछि अन्य डाक्टर र उनका साथीभाईले समेत बचाउन सकेनन । स्व बिष्णुका बुवा ,आमा , हजुरआमा र श्रीमती सहित परिवारमा अरु पनि सदस्य हुनुहुन्छ ।

 

पोखरा महानगरपालिका -२३ चापाकोट औसेलुचौर निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं स्थानीय पन्चकोशी निमाविका प्रधानाध्यापक मातृका पराजुलीको पनि हालै निधन भएको छ ।

वहां केही वर्षदेखि क्यान्सर रोग संग जुधिरहनुभएको थियो । स्थानीय स्तरमा शैक्षिक र सामाजिक व्यक्तित्वको रुपमा परिचित मातृकाका एक छोरा ,एक छोरी र एक श्रीमती सहित उनका बुवा समेत हुनुहुन्छ । मातृकाका दाजु बिष्णु प्रसाद पराजुली हाल नेपाली कांग्रेस बाट निर्वाचित पोखरा महानगर-२३ को वडाध्यक्ष हुनुहुन्छ ।

(मातृका पराजुली (बिचमा) संगै वहांको निवासमा स्थानीय गंगाधर पराजुली र कविराज पराजुली)

यसैगरि पोखरा महानगरपालिका -०६ निवासी चेतनाथ पौडेलको १०२ वर्षको उमेरमा निधन भएको छ ।वहांका ४ छोराहरु एक श्रीमती हुनुहुन्छ । वहांका नाती विपिन पौडेल नेपाली कांग्रेस पोखरा -६ बाट क्षेत्रीय प्रतिनिधि रहनुभएको छ ।

स्व चेतनाथको शवमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल , नेपाली कांग्रेस कास्की -३ का सभापति मनोज गुरुडं र नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुलीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धांजलि प्रकट गर्नुभएको थियो ।

२१ मंसिर २०७८, मंगलवार १५:११ मा प्रकाशित
Nabintech