तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुख्यमन्त्री पोखरेलबाट रिसिङका पहिरोपीडित परिवारलाई राहत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ साउन २३ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विचार/अन्तरवार्ता, विशेष, समाचार
मुख्यमन्त्री पोखरेलबाट रिसिङका पहिरोपीडित परिवारलाई राहत
33
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter
 गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् ।
रिसिङका देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे । खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड हुन् । असार २४ गतेको झरीपछि आएको पहिरोमा परी रिसिङमा २ जनाका निधन भएको थियो ।
पहिरोले रिसिङका धेरै बस्ती जोखिममा पर्नुका साथै सकडमा क्षति पुगेको छ । सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सिमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए । पञ्चायतकालमा राजनीतिक संगठनका लागि रिसिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिले अगाडि बढ्नुपर्ने बताए ।
कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे । उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्बपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन ।
पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतिर इंगित गर्दै उनले यसका लागि अहिले झ्यालवास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे । अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, झुलबहादुर आले, गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दल सचेतक ओमकला गौतम, प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङले प्राकृतिक विपत्तिले रिसिङमा ठूलो क्षति पु¥याएको भन्दै यसका लागि ३ वटै तहका सरकारले समन्वय गरेर काम गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, गाउँपालिका उप्रप्रमुख गिलुमाया थापा लगायतले कार्यक्रममा बोलेका थिए । गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरोले क्षतिग्रस्त भएको रिसिङलाई पुरानै अवस्थामा पु¥याउन सहकार्य जरुरी रहेको भनाइ राखे ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनस्र्थापनका लागि प्रति घर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए । जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नु पर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले जानकारी दिए ।
तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन् । रिसिङ, भानु र बन्दीपुर गापामा धेरै क्षति भएको छ ।
मुख्यमन्त्री पोखरेलले शुक्रबारै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको अवलोकन गरेका छन् । कोभिड महामारीका बेला अस्पतालले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अस्पतालको क्षमता वृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले भीमाद बजारमा सेती नदीले पारेको क्षतिको अवलोकन गरेका थिए । भीमदमै निर्माणाधीन नेपाली कांग्रेसको कार्यालय अवलोकन गरेपछि उनी जनज्योति क्याम्पस परिसरमा वृक्षरोपणमा सहभागी भए ।
नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेकी आमालाई भेटेर आशीर्वाद लिएका थिए । रिसिङको कोटदरबारस्थित शिव सरस्वति माध्यममिक विद्यालयको अवलोकन गर्दै मुखयमन्त्री पोखरेलले प्राविधिक शिक्षा प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शुक्रबार साँझ गृह जिल्ला नवलपुर आइपुगेका मुख्यमन्त्री पोखरेलले शनिबार (आज) लोकाहा खोलामा प्रस्तावित औद्योगिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । नारायाणी नदीको कटान अवलोकन, स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरी आइतबार बिहान पोखरा फर्कन कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.