पोखरा । खुकुलो लकडाउनले कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन् । उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ ।
उनले भने, ‘मन्त्रालयले आज सीसीएमसीको बैठकमा स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउन गर्नेबारे हामीले छलफल अघि बढाएका छौँ । अब बस्ने बैठकले यस्को निर्णय गर्नेछौँ ।’
१५ श्रावण २०७८, शुक्रबार २०:१२ मा प्रकाशित