पोखरा, कास्की जिल्लामा एक महिनाको अबधिमा १२ जनाले आत्महत्या गरेको छन । आत्महत्या गर्नेहरुमध्ये ११ जनाले झुण्डीएर तथा १ जनाले हतियार प्रयोग गरेर आत्महत्या गरेको कास्की प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेषित गरेको जानकारी अनुसार अघिल्लो फागुन महिनामा मात्र १२ जनाले आत्महत्या गरेकोमा १० पुरुष र २ जना महिला रहेको छन।
अघिल्लो एक महिनाको अबधिमा कास्की जिल्लामा १७ वटा सवारी दुर्घटना हुँदा १९ वटा सवारी साधनमा क्षती पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ। सवारी दुर्घटनामा परि ६ जना सर्बसाधारणको मृत्यु हुनुको साथै २० जना बढी घाइते भएको जनाइएको छ । सडकमा सवारी साधन चेकजांच गर्ने क्रममा ४ हजार ३ वटा सवारी साधनबाट ३४ लाख ५० हजार ५ रुपैया राजस्व संकलन भएको छ।
बिभिन्न स्कुलका बिधार्थीहरु बोक्ने बसका चालकहरुको परिक्षण गर्ने क्रममा फागुन महिना भरमा १० जना स्कुलबस चालक र ६ जना सार्बजनिक बसका चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको भेटिएको पनि प्रहरीले जनाएको छ । उक्त अबधिमा १७ थान अबैध हतियार नियन्त्रणमा लिईएको जनाइएको छ
त्यस अबधिमा पोखराको फेवातालमा डुंगा चलाउने मध्ये ४ जनाले लागु पदार्थ सेवन गरेको र १ जनाले मादक पदार्थ सेवन गरेको पत्ता लागेको प्रहरीको प्रतिबेदनमा उल्लेख छ ।















