Play

मुस्ताड्ंगमा एकको शव, कास्कीको कांडेमा दुर्धटना-चार घाईते

गुरुकुल खबर


कास्कीको अन्नपूर्ण गाउंपालिका -३ कांडेमा पोखराबाट नयापुल तर्फ जांदै गरेको बस र बिपरित दिशाबाट आउंदै गरेको ट्याक्सी ठोंकिएर दुर्घटना हुंदा ४ जना घाईते भएका छन ।

घाईते हुनेहरुमा ट्याक्सी चालक म्याग्दीको मालिका गाउं पालिका – ३ दरवाडं घर भएका २५ वर्षका दिवस सुवेदी ,म्याग्दीकै रघुगंगा -१ की ५८ वर्षिय मनदेवी खड्का , सोही ठाउंका ६० वर्षका क्षेत्र बहादुर खड्का , र म्याग्दीकै बेनी नगरपालिका-९ का ३५ वर्षिय किसान खत्री रहेका छन ।

उनिहरुको अवस्था खतरामुक्त रहेको र पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिएका छन । पोखराबाट नयापुल तर्फ जांदै गरेको ग १ ख ८१५५ नम्वरको बस र ध १ ज नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खाएर उक्त दुर्घटना भएको हो ।

यसै बिच मुस्ताडं जिल्लाको थासाडं गाउं पालिका- १ थापाखोलामा रहेको हाईड्रोपावरको २ नम्बर ड्याम जाने बाटोमा एक जनाको

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

भेटिएको छ । मृतक स्थानीय टुकुचेमा ज्यामी काम गर्दै आएका अन्दाज़ी २२ वर्षका नाकाश पुन रहेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण थाहा नभएको तर आवश्यक अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१२ असार २०७८, शनिबार १६:५९ मा प्रकाशित
Nabintech