Play

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

गुरुकुल खबर


प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान २०७७  र २०७८ बाट क्रमशः सामाजिक अभियान्ता एवं महिला नेतृ श्री मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका श्री कमल चित्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा यही बैशाख ३० गते जुम प्रविधि मार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उहाँहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्न लागिएको हो । सम्मानको राशी जनही २५ हजार रुपियाँ र कदर पत्र रहेको छ । सो सम्मानको लागि समाजले दश लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुबै सम्मान मुलुकमा  सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ । वि सं २०७२ सालदेखि प्रदान गरिदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला,पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नु भएको छ ।

३ जेष्ठ २०७८, सोमबार १५:१४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा