Play

शिक्षाविद् अंगुरबाबाको निधन

गुरुकुल खबर


काठमाडौं , शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८८ वर्षको उमेरमा शनिवार निधन भएको हो । पछिल्लो समय विभिन्न रोगबाट पीडित जोशीको उपचारको क्रममा निधन भएको परिवारिक श्रोतले बताएको छ । छातीमा समस्या देखिएपछि जोशीको तीन सातादेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

उनी नेपालकै पहिलो महिला क्याम्पस प्रमुख थिइन् । जोशी अक्सफोर्ड विश्वविद्यालयबाट दीक्षित हुने पहिलो नेपाली महिला थिइन् । उनी अध्ययनका लागि छात्रवृत्ति पाएर विदेश अध्ययनका लागि जाने पहिलो महिलो समेत हुन् । सात वर्ष अघि उनलाई घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केही वर्षपछि स्तनमा क्यान्सर देखिएको थियो ।

काठमाडौं डिल्लीबजारमा बुबा पिताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिएकी जोशीको ११ वर्षको उमेरमा बिहे भएको थियो । उनले विद्यालय गएर औपचारिक शिक्षा हासिल गर्न पाइनन् । छोरीबुहारीलाई पढ्न नदिने त्यो समाजमा स्वअध्ययन गरी एसएलसी पास गरेकी थिइन् । अंगुरबाबालाई पढ्न प्रेरित गर्ने सासू चन्द्रकुमारी जोशी एक सय सात वर्षकी भइन् ।

७ असार २०७७, आईतवार २१:१९ मा प्रकाशित
Nabintech