Play

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

गुरुकुल खबर


३० जेठ, काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले अनलाइनखबरसँग भने, ‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ ।’

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको भट्टले बताए ।

३० जेष्ठ २०७७, शुक्रबार ०४:०१ मा प्रकाशित
Nabintech