Play

सक्षम महिला निर्माणका लागि रेडियो प्राबिधिक तालीम सुरु

गुरुकुल खबर


पोखरा । सामुदायिक जागरणका निमित्त हाम्रो अभियान (OCCA) एवम् सुनौलौ एफ एम १०२.२ मेघहार्ज पोखराले आईतबारदेखि एक हप्ते रेडियो प्राबिधिक तालीम सुरु गरेको छ ।

सक्षम महिला, समानान्तर पाईला कार्यक्रम अन्तरगत महिलाहरुको सशक्तीकरण र संस्थागत शुदृढिकरणका लागि गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसंगको सहकार्यमा गरिएको हो ।

तालिमको औपचारिक सुरुवात गर्दै प्राविधिक पक्ष नै संचार माध्यमको मेरुदण्ड रहेको भन्दै बर्तमन समयमा दक्ष प्राबिधिक कमै संचार माध्यम हुने गरेको संस्थाका कार्यकारी निर्देशक गंगाधर पराजुलीले बताए । पराजुलीले भने “ महिलाहरु हरेक क्षेत्रमा अघि बढ्दै गइ रहेका छन । राजनितिक, सामाजिक, शैक्षिक शैक्षिक आदि । संचार क्षेत्रमा पनि छन । तर सिमित मात्र दक्ष छन । अझ प्राबिधिक तिर न्यून मात्र छन । एक त प्राबिधिक भन्ने बित्तिकै त्यति विशेष हो जस्तो नगर्ने सोच छ । त्यसमा महिलाको सहभागीता कम छ। त्यो पूरा गर्न यो तालिमको आवश्यकता महसुस गरि प्रदेश सरकारसंगको सहकार्यमा आयोजना गरेका हौं ।”

कार्यक्रम संयोजक रीता गुरुङले आफ्नो क्षमता आफै बिकास गर्ने हो भन्दै सीप नै परिवर्तनको हतियार भएको बताईन् । गुरुङले भनिन् “ सिक्ने कुरा जीवनको अन्तिम सम्म हुन्छ । सिकेका कुरा प्रयोग गर्न पनि सीप आवश्यक पर्छ । सिकेका कुरा सहि ठाउँमा प्रयोग गर्न सके आर्थिक र सामाजिक रूपमा आफ्नो पहिचान बनाउन सकिन्छ ।”

तालिम गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र सामुदायिक रेडियोहरु हिमचुली एफ.एम., सुनौलो एफ.एम. र रेडियो सार्थकको प्राविधिक सहयोग सन्चालन भएको हो ।

पुस २३ गते सम्म हुने तालीममा करिव ५० जना प्रशिक्षार्थी सहभागी रहेका छन ।

रेडियो प्राबिधिकमा लामो समयदेखिको अनुभव भएका दिल गुरुङ , तिर्थ केसी र रीता गुरुङ लगायतले प्रशिक्षण दिनेछन् ।

१९ पुष २०७९, मंगलवार ०७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा