Play

वडाध्यक्ष गुरुङको आफ्नै घरमा जलेर मृत्यु

गुरुकुल खबर


पोखरा । कास्कीको मादी गाउँपालिका—१ सिक्लेसका निर्वतमान वडाध्यक्ष सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आईतबार राति ८ः३० बजेदेखी सुरु भएको आगलागीका कारण गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।

उनका अनुसार राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शब घरभित्र जलेको अवस्थामा फेला परेको थियो । गुरुङ विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मृतक गुरुङकै घरदेखी आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्दथे ।  छोरा÷बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घर समेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष गुरुङले जानकारी दिए।

१८ पुष २०७९, सोमबार १४:४७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा