Play

भाचोक ल्होसार मेला: पहिचानकालागि संस्कार र संस्कृति अपरिहार्य -सभासद गुरुङ

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश सभाका सभासद सरस्वती गुरुङले जातिय पहिचानका लागि संस्कार र संस्कृति अपरिहार्य तत्व भएको बताएकी छिन् ।

लम्तारी युथ क्लव मादी १० भाचोकले आयोजना गरेको १३ औं ल्होसार मेला तथा तेस्रो नादा कप २०७९ कार्यक्रममा बोल्दै सभासद गुरुङले पहिचान र जातिय अस्तित्वकालागि संस्कार र संस्कृति संरक्षण अपरिहार्य रहेको बताएकी हुन् । युवाले खेलकुदकासाथै समाज र आफ्नो क्षेत्र विकासमा पनि अग्रसरता देखाउनुपर्नेमा जोड दिईन् ।

सभासदमा सपथ लिएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा पुगेकी गुरुङले भाचोकको विकासकालागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाईन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले विविधताले भरिएको मुलुकमा गुरुङ जातिको आफ्नै पहिचान भएको बताए ।
वडा नं १० भाचोकका वडाध्यक्ष कृष्णबहादुर गुरुङले भाचोकको विकासका लागि वडाध्यक्षको हैसियतले आफुले गम्भीरता देखाएको स्पष्ट पार्दै सबै जाति र वर्गको एकता सहयोगको आवश्यकता पनि औल्याए ।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १० का ईकाई सभापति लोकप्रसाद गुरुङले भाचोकको पूर्वाधार विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सबै गम्भीर बन्नुपर्ने बताए ।


लम्तरी युवा क्लवका अध्यक्ष दिर्घ गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवामिलन आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सुवेदी, समाजसेवी एवम् राजनीतिकर्मी तासबहादुर गुरुङलगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन समाजसेवी एवम् पूर्वशिक्षक रुकबहादुर गुरुङले गरेका थिए ।

लम्तारी युवा क्लवले पुस १३ गतेबाट सुरु गरेको १३ औं ल्होसार मेला तथा तेस्रो नादा कप २०७९ फुटबल प्रतियोगितामा २७ टिमको सहभागिता रहेको छ ।

१६ पुष २०७९, शनिबार १४:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा