Play

२२ औं आहा–रारा पोखरा गोल्डकप- आयोजक सहारा धरानसंग पराजित

गुरुकुल खबर


पोखरा । पोखरामा २२ औं आहा–रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमै आयोजक सहारा क्लव पराजित भएको छ ।

सहारा धरान फुटबल क्लवसंग १-० ले पराजित भएको हो । प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल धरानलाई जिताउन निर्णायक भयो ।

धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन् ।

खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल गर्न नसक्दा सहारा पहिलो खेलबाटै बाहिरिनुपरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधि दाबेदार नेपाल पुलिस क्वल र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

१४ पुष २०७९, बिहीबार २२:२४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा