Play

संस्कृत युवा मञ्च को पाचौं वार्षिक साधारण सभा सम्पन्न

गुरुकुल खबर


पोखरा , संस्कृत युवा मञ्च नेपालको पाँचौं वार्षिक साधारण सभा  कार्यक्रम पौष ७ गते विहिवार सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रमुख अतिथि भागवत भाष्कार कमलनयन गौतमले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि तथा संस्थाका आजीवन सदस्यलाई स्वागत गर्दै संस्थाका उपाध्याक्ष डिल्लीराम पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।अतिथिका रुपमा रहनुभएका केदारेश्वर आश्रमका पिठाधिश गुरु डा चिद्धन चैतन्य , विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा जग्गनाथ रेग्मी उप प्राध्यापक डा भोला नारायण रेग्मी पं दिपक सापकोटा पोखरा महानगर पालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी गीता चन्द्रकारले संस्कृतको महत्व र विश्वव्यापी रूपमा फैलिएको संस्कृत शिक्षाको नेतृत्व अव युवाले लिनु पर्छ भन्दै संस्थाको प्रोत्साहन गर्नुभएको थियो कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष विश्वराज सापकाेटा ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव केशव गौतमले गर्नुभएको थियो

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल निर्वतमान अध्यक्ष हरिशरण पौडेल सल्लाहकार गिरिधर आचार्य लगायतका विशिष्ट व्यक्तिले संस्कृत शिक्षा सगै सामाजिक कार्यमा अग्रसर रहनु पर्ने विषयमा सम्बोधन गर्नुभएको थियो साथै यस संस्थाले साप्ताहिक रुपमा नयावजार ९ स्थित शान्तिघाट प्रत्येक शनिबार गङ्गा आरती गर्दै आएको जानकारी संस्थाका सह सचिव तथा कार्यक्रम संयोजक महेन्द्र ढकालले बताउनु भएको छ

१० पुष २०७९, आईतवार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा