Play

मुक्तिनाथ विकास बैंकलाई “सर्टिफिकेट अफ मेरिट” अवार्ड

गुरुकुल खबर


काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) बेस्ट प्रिजेन्टेड एनुयल रिपाेर्ट अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक(MNBBL) वित्तीय सेवातर्फबाट “सर्टिफिकेट अफ मेरिट” द्धारा सम्मानित भएको छ ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले बेस्ट प्रिजेन्टेड एनुयल रिपाेर्ट अवार्ड विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यकालागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो।

विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एशियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले ग्रहण गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

४ पुष २०७९, सोमबार २०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा