काठमाडौँ — फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पाएका छन् ।
उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरेका थिए । उनले अर्जेनन्टिनासँगको फाइनलमा २–० ले पछाडि परेको अवस्थामा गोल फर्काएर खेललाई थप रोमाञ्चक बनाएका थिए ।
८०औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेलगत्तै अर्को मिनेटमा गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा फेरि पछाडि परेको अवस्थामा ह्याट्रिक पूरा गर्दै खेल ३–३ को बराबरी ल्याएका थिए ।
४ पुष २०७९, सोमबार ०२:१५ मा प्रकाशित