Play

बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

गुरुकुल खबर


पोखरा। लामो समयदेखि खोज पत्रकारिता तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारा ‘सुशासन पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् ।

सुशासनका लागि नागरिक समाज(सुनास) कास्कीले यो पुरस्कार हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गर्दै आईहेको छ ।

यो पुरस्कार स्व. इञ्जिनियर लेखबहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सञ्चालित छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख पार्वती शर्मा र सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए ।

सुनास कास्कीका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनौंट समितिले पत्रकार बञ्जारालाई छनोट गरेका थिए ।
उक्त पुरस्कारबाट यस अघि दिपक परियार, अर्जुन गिरी र बासुदेव मिश्र सम्मानित भईसकेका छन् ।

२५ मंसिर २०७९, आईतवार ०४:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा