Play

सांसद रवि लामिछानेको नागरिकता विवादबारे प्रहरी अनुसन्धान सुरु

गुरुकुल खबर


काठमाडौं , प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन–२ का नवनिर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान थालेको छ।

लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको भन्दै उजुरी परेपछि त्यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले लामिछानेको नागरिकतासम्बन्धी विषयमा अनुसन्धान सुरु गरिएको बताए।
लामिछानेको नागरिकता विवादसम्बन्धी विषयमा गृह मन्त्रालयमा उजुरी परेको थियो। त्यसपछि गृहले उजुरीमा भएका विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको थियो। उजुरीमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार काठमाडौं परिसरलाई निर्देशन दिएको थियो। प्रशानसनको निर्देशनपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको हो।

लामिछानेले आफूले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको बताएका छन्। तर, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन कानूनी प्रक्रिया पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेकोे भन्दै निर्वाचन आयोगमा पनि उजुरी परेको थियो। उनले सोही नागरिकता प्रयोग गरेर आफू रास्वपाको सभापति भई दल र उम्मेदवारी दर्ता गरेका थिए र निर्वाचित भइसकेका छन्।

१६ मंसिर २०७९, शुक्रबार २०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा