Play

मधुवन नेपाल संस्थाद्धारा कास्की र स्याङ्जामा सहयोग

गुरुकुल खबर


पोखरा । मधुवन नेपाल गैरसरकारी संस्थाले कास्की र स्याङ्जाका विभिन्न स्थानमा औषधी तथा ह्विलचेयर वितरण गरेको छ । संस्थाले हालै पोखराको मानव सेवा आश्रम, कास्कीस्थित कारागार रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य शिविर र स्याङ्जाका ६ जनालाई ह्विलचेयर वितरण गरेको हो ।

संस्थाले पोखरा छोरेपाटनस्थित मानव आश्रममा आश्रित दिर्गरोगी विरामीहरुका लागि आवश्यक उच्च रक्तचाप, सुगर, मानसिक तथा सामान्य रुघा, खोकी, ज्वरो, भिटामिन तथा मलह पट्टी लगायतका एक वर्षलाई पुग्ने औषधी वितरण गरिएको छ ।
त्यस्तै कास्कीस्थित कारागारमा रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य जाँच शिविर, न्यानो कपडा, शैक्षिक, खेलकुद , तथा सरसफाईका सामाग्रीहरु वितरण गर्नुका साथै सीबीआरएससंगको सहकार्य र कालीगण्डकी गाउँपालिका, स्याङ्जाको समन्वयमा शारिरीकरुपमा अशक्त ६ जनालाई ह्विलचेयर वितरण गरेको छ ।

कास्कीमा सन् २०१९ मा स्थापना भएको संस्थाले झण्डै ४ लाख रुपैयाँको सहयोग गरिसकेको संस्थाका संस्थापक राघवी न्यौपानेले जानकारी दिइन् । अमेरिकामा रहेर पब्लिक हेल्थमा स्नातकोत्तर गरिरहेकी उनले पढाईपछिको समयमा कामबाट जम्मा गरेको पैसाबाट सामाजिक क्षेत्रमा सहयोग गरिरहेको बताईन् ।

संस्थामा गण्डकी मेडिकल कलेज पोखराका इन्र्टन डाक्टरहरु प्रज्ञा अर्याल, प्रशंसा थापा, निसान केसी, सरोजकुमार यादव, निश्चल जंग शाह, निशा तामाङ, नमस्या बस्याल लगायत संस्थामा स्वयमसेवकका रुपमा आवद्ध छन् । संस्थाले अब कास्कीका सामुदायिक विद्यालयहरुमा प्रजनन् स्वास्थ्य शिक्षा उपलब्ध गराउने र एचआईभी एड्सबाट संक्रमितहरुको क्षेत्रमा काम गर्ने तयारी गरिरहेको संस्थाका संस्थापक न्यौपानेले जानकारी दिइन् ।

२७ कार्तिक २०७९, आईतवार ११:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा