Play

मधुवन नेपाल संस्थाद्धारा कास्की र स्याङ्जामा सहयोग

गुरुकुल खबर


पोखरा । मधुवन नेपाल गैरसरकारी संस्थाले कास्की र स्याङ्जाका विभिन्न स्थानमा औषधी तथा ह्विलचेयर वितरण गरेको छ । संस्थाले हालै पोखराको मानव सेवा आश्रम, कास्कीस्थित कारागार रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य शिविर र स्याङ्जाका ६ जनालाई ह्विलचेयर वितरण गरेको हो ।

संस्थाले पोखरा छोरेपाटनस्थित मानव आश्रममा आश्रित दिर्गरोगी विरामीहरुका लागि आवश्यक उच्च रक्तचाप, सुगर, मानसिक तथा सामान्य रुघा, खोकी, ज्वरो, भिटामिन तथा मलह पट्टी लगायतका एक वर्षलाई पुग्ने औषधी वितरण गरिएको छ ।
त्यस्तै कास्कीस्थित कारागारमा रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य जाँच शिविर, न्यानो कपडा, शैक्षिक, खेलकुद , तथा सरसफाईका सामाग्रीहरु वितरण गर्नुका साथै सीबीआरएससंगको सहकार्य र कालीगण्डकी गाउँपालिका, स्याङ्जाको समन्वयमा शारिरीकरुपमा अशक्त ६ जनालाई ह्विलचेयर वितरण गरेको छ ।

कास्कीमा सन् २०१९ मा स्थापना भएको संस्थाले झण्डै ४ लाख रुपैयाँको सहयोग गरिसकेको संस्थाका संस्थापक राघवी न्यौपानेले जानकारी दिइन् । अमेरिकामा रहेर पब्लिक हेल्थमा स्नातकोत्तर गरिरहेकी उनले पढाईपछिको समयमा कामबाट जम्मा गरेको पैसाबाट सामाजिक क्षेत्रमा सहयोग गरिरहेको बताईन् ।

संस्थामा गण्डकी मेडिकल कलेज पोखराका इन्र्टन डाक्टरहरु प्रज्ञा अर्याल, प्रशंसा थापा, निसान केसी, सरोजकुमार यादव, निश्चल जंग शाह, निशा तामाङ, नमस्या बस्याल लगायत संस्थामा स्वयमसेवकका रुपमा आवद्ध छन् । संस्थाले अब कास्कीका सामुदायिक विद्यालयहरुमा प्रजनन् स्वास्थ्य शिक्षा उपलब्ध गराउने र एचआईभी एड्सबाट संक्रमितहरुको क्षेत्रमा काम गर्ने तयारी गरिरहेको संस्थाका संस्थापक न्यौपानेले जानकारी दिइन् ।

२७ कार्तिक २०७९, आईतवार ११:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा