Play

गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता–एमाले उम्मेदवार गुरुङ

गुरुकुल खबर


पोखरा, मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताए ।

‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भने–‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’

निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिन् ।’उनले भने–‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो । कसलाई भोट दिने भन्ने कुरा भविष्य हेरेर दिने हो । कुन पार्टीले के गरेको छ । त्यो राम्रोसँग बुझनुप¥यो । पूरातन हिसाबले हेरेर भोट दिन बन्द गर्नुस् । काम गर्नेलाई दिनुस् ।’ गुरुङले देश राजनीतिक अस्थिरताको चपेटामा परेकाले आउँदो निर्वाचन देशलाई स्थायी सरकार गठन कडी भएको बताए ।

उनले एमाले सरकार ढलेपछि विकास निर्माणको काम ठप्प भएको भन्दै केन्द्रमा केपी ओली प्रधानमन्त्री र प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेपछि विकासको लहर चल्ने ठोकुवा गरे । गाउँमा सडक, विद्यालय, विजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी पु¥याउन आफ्नो उम्मेदवार भएको उनले दोहार्याए ।

क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले अब एमालेको बहुमतको सरकार बनेपछि विकासको लहर आउने बताए ।

 

१९ कार्तिक २०७९, शनिबार ०७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा