Play

गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा- उम्मेदवार कोइराला

गुरुकुल खबर


पोखरा, कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताए ।

माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले सुनाए । ‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उनले भने, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’

गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्बासीलाई भोट बैंक बनाइरहने प्रवृत्ति दोहोरिने उनको भनाइ थियो । ‘सुकुम्बासी नै भएनन् भने अरु दलले राजनीति गर्ने ठाउँ नै पाउँदैनन्,’ उनले भने, ‘त्यसका लागि पनि गठबन्धन बाहेकको दलले यो समस्य अन्त्य होस् भन्ने चाहँदैन । अर्को सरकार बन्यो भने फेरि नयाँ शिराबाट प्रक्रिया सुरु हुन्छ ।’

पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उनले स्मरण गरे । भने, ‘अहिले महानगरको मेयर पनि गठबन्धनकै दलको हुनुहुन्छ । अब बन्ने प्रदेश र संघ सरकारमा पनि पाँच दलीय गठबन्धन आउँदा भूमिहीन समस्या छिटो समाधान हुन्छ ।’

मेरै पहलमा गण्डकी विश्वविद्यालय लेखनाथमा -कोइराला

प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाले आफ्नो विशेष पहलमा लेखनाथ क्षेत्रमा गण्डकी विश्वविद्यालय स्थापना भएको बताएका छन् । पाँच दलीय गठबन्धन निकट शिक्षक संगठनहरुको आयोजनामा शुक्रबार तालचोकमा भएको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

‘विद्यालय तथा विश्वविद्यालय तहका समग्र शैक्षिक सरोकारका विषयमा संघ एवं प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रियामा उम्मेदवार कोइरालाले प्रदेशका संरचना पनि विकेन्द्रित गर्नुपर्ने आफ्नो अडानकै कारण गण्डकी विश्वविद्यालय पोखराको ३२ नम्बर वडामा आएको बताए ।

पोखरा महानगरपालिका बनिसकेपछि साविकको लेखनाथ नगरपालिकाले अपनत्व लिने वातावरण बनाउन पनि विश्वविद्यालय स्थापनाले सहयोग पु¥याएको उनको भनाइ थियो । नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघले अन्तरक्रिया आयोजना गरेका हुन् ।

१९ कार्तिक २०७९, शनिबार ०७:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा