Play

बुल्समेन क्लव पोखराद्धारा खेलाडी सम्मान

गुरुकुल खबर


पोखरा । बुल्समेन क्लव पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

क्लवले कास्की जिल्लाका पदक बिजेता तथा सहभागी खेलाडीहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा खेलाडीहरु विवेक हमाल, प्रदीप रेग्मी, निश्चल केसी, यमन्तराज गुरुङ, बलबहादुर गैरे, दुर्गा खोर्जा पुन, सिजन गुरुङ, ओमिसा लामालाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो ।

यसैगरी फुल कन्टेक्ट करांतेमा गण्डकी प्रदेशबाट सहभागी बुल्समेन क्लवका सदस्य रजत पदक विजेता रुपक नेपाली र ब्याटमिन्टन डब्बल तर्फ काँस्य पदक विजेता भुगोल गुरुङलाई पनि सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष नुना गुरुङको अध्यक्षता र बुल्समेन क्लव हङकङका संरक्षक इश्वर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार सुनिल कुमार गुरुङ, क्लवका उपाध्यक्ष रुपेन्द्र गुरुङ ल्याक्स र सचिव उदिम गुरुङले सम्मानित खेलाडीहरुलाई थप प्रगतिकालागि शुभकामना व्यक्त गरेका थिए ।

१५ कार्तिक २०७९, मंगलवार २०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा