Play

बुल्समेन क्लव पोखराद्धारा खेलाडी सम्मान

गुरुकुल खबर


पोखरा । बुल्समेन क्लव पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

क्लवले कास्की जिल्लाका पदक बिजेता तथा सहभागी खेलाडीहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा खेलाडीहरु विवेक हमाल, प्रदीप रेग्मी, निश्चल केसी, यमन्तराज गुरुङ, बलबहादुर गैरे, दुर्गा खोर्जा पुन, सिजन गुरुङ, ओमिसा लामालाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो ।

यसैगरी फुल कन्टेक्ट करांतेमा गण्डकी प्रदेशबाट सहभागी बुल्समेन क्लवका सदस्य रजत पदक विजेता रुपक नेपाली र ब्याटमिन्टन डब्बल तर्फ काँस्य पदक विजेता भुगोल गुरुङलाई पनि सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष नुना गुरुङको अध्यक्षता र बुल्समेन क्लव हङकङका संरक्षक इश्वर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार सुनिल कुमार गुरुङ, क्लवका उपाध्यक्ष रुपेन्द्र गुरुङ ल्याक्स र सचिव उदिम गुरुङले सम्मानित खेलाडीहरुलाई थप प्रगतिकालागि शुभकामना व्यक्त गरेका थिए ।

१५ कार्तिक २०७९, मंगलवार २०:४८ मा प्रकाशित
Nabintech