पोखरा । आसन्न निर्वाचनकालागि नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्वर ९ मा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
कार्यक्रममा मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि कास्की २ (२) बाट एमाले उम्मेदवार मिना गुरूङले विकासको खाका एमालेसँग मात्रै भएको बताउँदै बीचमा भएको सरकार परिवर्तनले सो योजना पूरा गर्न नपाएको उल्लेख गरिन् । अवको निर्वाचनमा निर्वाचित भएर आएपछि ति योजना पूरा गर्ने उनको दृढता छ ।
उनले एमाले सधै जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रव्रद्र्वन, युवा महिला दिदिबहिनीहरुको विकासका लागि लागेको भन्दै समुन्नत गण्डकी प्रदेश र उत्कृष्ट कास्की जिल्ला बताउन एमालेको जीतको आवश्यकता औल्याईन ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालियर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे ।
कार्यक्रममा कास्की क्षेत्र नम्बर २(२) संयोजक दानबहादुर वाँनिया, उप संयोजक भेषराज पराजुली पोखरा नगर कमिटीका सचिव जिवन आचार्य लगायतका नेताहरूले आ आफ्नो भनाई राखेका थिए ।