Play

नवौं राष्ट्रिय खेलकुदः पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।

त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र ग्रुप बि का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह बि का उपविजेता र समूह ए का विजेता पुरुष टोलीबीच हुनेछ ।

असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।

१ कार्तिक २०७९, मंगलवार २१:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा